भक्तपुरमा जिल्लाव्यापी देउसी भैलो प्रतियोगिता

भक्तपुर - भक्तपुरमा शुक्रबार देउसी भैलो प्रतियोगिता भएको छ। शुभ दीपावली २०७९, नेपाल सम्वत् ११४३ र छठ पर्वको उपलक्ष्यमा इष्ट पोइन्ट एकेडेमी स्कुल कमलविनायक भक्तपुरको आयोजनामा प्रतियोगिता भएको हो।

प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालय प्राग्रणमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए।

प्रतियोगितामा भक्तपुर जिल्लास्थित इष्ट पोइन्ट एकेडेमी, सीभीएम सेकेण्डरी स्कूल, एडभान्स एकेडेमी स्कूल, सनसाइन नेशनल स्कूल, क्रियटिभ लनर्स सेकेण्डरी स्कूल, महेन्द्र विद्याश्रम, एभरेष्ट इंगलिश स्कूल, विनायक शिक्षा निकेतन र सूर्योदय सेकेण्डरी स्कूलका १० वटा टिमले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भनपाले नगरभित्रका ९२ वटै विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरूलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताएका छन्।

भक्तपुर नगर पालिकाले नगरक्षेत्रमा विद्यालयहरूमा सांस्कृतिक गुरुहरूलाई पठाई विद्यार्थीहरूलाई अध्ययन अध्यापन सँगसँगै सांस्कृतिक गतिविधिमा अगाडि बढाउन खोजिरहेको बताउँदै इष्ट पोइन्ट एकेडेमीले निरन्तर रूपमा देउसी भैलो प्रतियोगिता सञ्चालन गरी देशको सांस्कृतिक पहिचान बचाउन गरेको प्रयत्नको लागि आभार व्यक्त गरेका छन्।

कार्यक्रममा विशेष अतिथि सप्तरी जिल्लाका न्यायाधीश लालकाजी श्रेष्ठले नेपाल विभिन्न जातजाति र धर्म संस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गरेका छन्।

विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले विद्यालयहरूबीचको अन्तरसम्बन्ध कायम गर्न र विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयले कोभिडको संक्रमणकालीन अवस्थाको तीन वर्ष बाहेक उपत्यकामै पहिलोपल्ट २०६५ सालदेखि देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको जनाएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×