दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

दाङ - राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ। दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो।

भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उनले बताए। 

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ। दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ। यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×