१७ वर्षपछि इंग्ल्याण्ड क्रिकेट टिम पाकिस्तानमा

काठमाडौँ - इंग्ल्याण्डका क्रिकेट टिमले १७ वर्षपछि पाकिस्तानको भ्रमण सुरु गरेको छ। विहीबार इंग्ल्याण्डको टिम पाकिस्तानको कराँची सहर पुगेको हो।

सन् २००५ मा पाकिस्तानमा टेस्ट खेले यता इंग्ल्याण्डको टिम पहिलो पटक त्यहाँ पुगेको हो। गत वर्ष पनि इंग्ल्याण्डटिमले पाकिस्तानको भ्रमण गर्ने बताइएको थियो। तर अन्तिमसमयमा सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेको थियो।

पछिल्लो समय अष्ट्रेलिया र इंग्ल्याण्डको पाकिस्तान भ्रमणले त्यहाँको क्रिकेट फेरि माथि उठ्ने विश्वास गरिएको छ। २००९ मा श्रीलंकन टिममाथि आतंकवादी हमला भऐ पछि पाकिस्तानले न्यूट्र भेन्यूका रुपमा बाहिर प्रतियोगिता खेल्दै आएको थियो।

पाकिस्तानले होमग्राउण्डको रुपमा युएईलाई प्रयोग गर्दै आएको छ। २०१२, २१५ मा पाकिस्तानले युएईमा इंग्ल्याण्डलाई स्वागत गरेको थियो। अष्ट्रेलियाले पनि करिब २० वर्ष पछि पाकिस्तानको भ्रमण गरेको थियो। इंग्ल्याण्डको टिमले पाकिस्तानमा ७ वटा टी-२० म्याचको सिरिज खेल्ने छ।

म्याच कराँची र लाहोरमा हुने छ। प्रतियोगिता २० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुने छ। यसपछि दुवै टिमले अष्ट्रेलियामा हुन लागेको टी-२० विश्वकप क्रिकेटमा सहभागिता जनाउने छन्।  इंग्ल्याण्ड टिमको पाकिस्तान भ्रमण भएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खेलको दिन कराचीको नेशनल स्टेडियमको बाटो बन्द गरिने छ भने सशस्त्र गार्ड पनि तैनाथ गरिने जनाएको छ। हेलिकोप्टरमार्फत पनि सुरक्षा गस्ती गर्ने तयारी गरिएको छ भने स्टेडियम वरपरका पसल तथा कार्यालयहरु पनि बन्द गर्न भनिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×