काठमाडौँ - विश्व कीर्तिमानी गीतकार डिआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। उपाध्यायको मर्मस्पर्शी गीत 'हो बाबा हो'को लिरिकल भिडियो सार्वजनिक भएको हो।
हरेक बाबाको सन्तानप्रतिको कर्तव्यबोधको भावलाई प्रस्तुत गरिएको गीतमा बाबुल गिरीको स्वर तथा संगीत रहेको छ। सार्वजनिक लिरिकल भिडियोलाई शिलन लम्सालनको सम्पादन गरेका हुन्। गीतको भिडियो डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो।
उपाध्यायले गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान राखिसकेका छन्। उनका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन्।
उनको पछिल्लो समय उपन्यास कृति 'कशुर' सार्वजनिक गरिएको थियो।