६ सय ११ घरपरिवारलाई निःशुल्क कम्बल वितरण

काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकाका ६११ घरपरिवारलाई कम्बल निःशुल्क वितरण गरिएको छ। 

अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरूको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो। सप्तेश्वर, बाक्सिला र बास्पानीका २६०, खार्ताम्छा र फेदीका १६५, दिप्सुङ र सुङ्देलका १८६ घरपरिवारलाई  कम्बल वितरण गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सहसचिव माइतीराज राईले बताए। अमेरिकी संस्थाको आर्थिक सहयोगमा खरिद गरिएको कम्बल सोही दलका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले वितरण गरेका थिए।

यसैबीच, बुधबार दिउँसो वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको छ। लेकाली भेगमा हिमपात तथा बेँसी क्षेत्रमा भारी वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको हो। वर्षा र हिमपातपछि एक्कासि बढेको चिसोका कारण जिल्लाको जनजीवनमा असर परेको छ। चिसो बढेसँगै जिल्लामा बिजुली खपत बढ्नाका साथै हिटरको व्यापार बढेको व्यापारीले बताएका छन्। वर्षा र हितपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालित सबै यातायातका सवारीसाधन अवरुद्ध भएको छ। यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरु गन्तव्यमा नपुगी बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।

खोटाङमा जाडो याम सुरु भएसँगै चिसोले कठ्याङ्ग्रिएर रात बिताउँदै आएका अति विपन्न, एकल महिला र अशक्त  कम्बल पाएपछि हर्षित भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×