काठमाडौँ। अब नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। सरकारले दुई महिनाभित्र सो उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी थालेको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार उक्त उमेर समूहका बालबालिका फाइजर खोप लगाउने प्रक्रिया अगाडि बढीसकेको छ। सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. मरासिनीले बताएका हुन्।