रोहित नेपालको उपकप्तानमा नियुक्त

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली टोलीको उपकप्तानमा नियुक्त गरेको छ।

नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ। त्यसपछि जुलाईमा स्कटल्यान्डमा नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ। क्यानले रोहितलाई तत्कालको लागि अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि मात्र उपकप्तानमा नियुक्त गरेको जनाएको छ।

पछिल्लो समय सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका रोहितले नेपाली यू–१९ टोलीको कप्तानी गरि सकेका छन्। एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवामा ग्ल्याडियटर्सको उपकप्तान समेत हुन्। क्यानले गत मंसिरमा ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो।

त्यसपछि सन्दीपलाई कप्तानमा नियुक्त गर्दा उपकप्तान खाली रहँदै आएको थियो। लामो समय देखि खाली रहँदै आएको उपकप्तानमा नेपालले रोहितलाई नियुक्त गरेको हो।

भरपर्दा युवा ब्याटर रोहितले २०१८ मा नामिबियाविरुद्ध लिष्ट ए मार्फत नेपाली टोलीमा डेब्यू गरेका थिए। नेपालबाट रोहितले १७ ओडिआई, १६ टि२० आई र ३२ लिष्ट ए खेलेका छन्। ओडिआईमा रोहितले १ शतक र चार अर्धशतक सहित कुल ६ सय २३ रन बनाउँदै नेपालबाट शीर्षस्थानमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×