बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै

हाल देशको मौसम प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

जसका कारण बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमतीका सिन्धुली लगायतका जिल्लामा वर्षा भइरहेको छ। लुम्बिनीको बाँके, बर्दिया र कर्णालीको सुर्खेतमा पनि वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टा देशका अधिकांश भूभागमा वर्षा भएको छ। 

सोमबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको आकलन गरिएको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।  यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×