काठमाडौँ। नेपाली चलचित्र ‘गेम’ बन्ने भएको छ। टेक पौरखी राईको निर्देशन रहने चलचित्रको पहिलो गीत ‘निधारमा रातो टिका झम्के फुलि लाको’ हालै रेकर्ड गरिएको छ। सो रेकर्डसँगै चलचित्रको काम सुरु भएको निर्माण पक्षले आधिकारिक रूपमा जनाएको छ।
गीतमा राजेश पायल राई र मिलन नेवारको आवाज रहेको छ। गीत संगम स्टुडियोमा रेकर्ड भएको हो, जसमा अपेक्षा सिग्देल (यशोधा)को शब्द तथा संगीत छ, भने गणेश कुमार चौधरीको संगीत संयोजन रहेको छ।
चलचित्रमा दयाहाङ राइ मुख्य भुमिका रहनेछन्। त्यसैगरि चलचित्रको छायांकन काठमाडौँ र सिक्किमका बिभिन्न स्थानमा गरिनेछ। नरेन गुरुङ तथा कृष्ण कुमारले संयुक्त रूपमा बनाउन लागेको चलचित्रमा निर्देशक राइको कथा रहेको छ।