नेपालमा 'आरआरआर' को लगानी अझै नउठेको वितरकको भनाइ

काठमाडौँ - नेपालका लागि 'आरआरआर'का वितरक मनोज राठीले फिल्मले प्रदर्शन राम्रो गरेता पनि फिल्मको लगानी भने नउठेको बताएका छन्। राठीले फिल्मले दर्शकको साथ राम्रो पाइरहेको र अहिले पनि दर्शकको उपस्थिति उत्साहजनक नै रहेपनि फिल्मको लागानी भने नउठेको तर छिट्टै उठ्ने बताएका छन्।

आज शुक्रबारबाट नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदा पनि हलमा ‘आरआरआर’ कै दबदबा छ। फिल्मले मल्टिप्लेक्सको चेन क्युएफएक्समा मात्रै ३१ शोज् पाएको छ। जहाँ ‘हेल्लो जिन्दगी’ले दुई शो पाएको छ। ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासँगै जुनियर एनटिआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×