भक्तपुर - भक्तपुरमा सोमबार फुटबलका दुईजना राष्ट्रिय खेलाडी सम्मानित भएका छन्।
सिद्धी मेमोरियल भक्तपुर फुटबल क्लबले आयोजना गरेको शुभ दीपावली २०७९, नयाँ वर्ष नेपाल सम्वत् ११४३ को अवसरमा गरेका शुभकामना आदानप्रदान कार्यक्रममा अण्डर १९ का २ राष्ट्रिय खेलाडी सम्मानित भएका हुन्।
सम्मानित हुनेमा अण्डर १९ का सन्दीप कार्की र अण्डर १७ का रुवी बोगटी रहेका छन्। उनीहरु दुवैलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सम्मान गरेकी हुन्।
कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुरलाई खेल क्षेत्रबाट पनि परिचित गराउन निरन्तर लागिरहेको बताइन्। खेलकुदले मानिसको जीवनलाई स्वस्थ्य राख्न सहयोग गर्ने भएकाले नगरपालिकाको नगरका प्रत्येक वडामा २/२ वटा व्यायामस्थलहरुको बन्दोबस्त गरेको बताइन्।
कार्यक्रममा भक्तपुर नगरपालिका ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजू, सिद्धी मेमोरियल अस्पतालमा प्रमुख समाजसेवी श्यामसुन्दर धौभडेल, एभरेष्ट इगलिश स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, क्लबका अध्यक्ष राम प्रजापतिलगायले जिल्लाको खेलकुद विकासका विभिन्न पक्षहरुबारे चर्चा गरेका थिए।