काठमाडौँ। आज हिन्दु धर्मालम्बीको बिशेष चाड शिव रात्री बिभिन्न शिव मन्दिरमा पुजा आराधना गरेर मनाइदैछ। आज शिवको आराधनामा रावणले रचेको भन्ने शिव ताण्डव विशेषगरि सुन्ने गरिन्छ। धरै गायकले आआफ्नो शैलीले सो ताण्डव गाएर युट्युबमा राखेको देख्न सकिन्छ। तर, भारतीय गायक शंकर महादेवनको आवाजमा रहेको सो ताण्डव निकै लोकप्रिय छ। जसमा शैलेष दानी कम्पोजर रहेका छन् भने उक्त भिडियो 'टाईम म्युजिक स्प्रीचुअल' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सो ताण्डव अहिलेसम्म करोडौँ पटक हेरिसकिएको छ।
भिडियो: