फर्किइन् बर्षा राउत चलचित्रको सेटमा

काठमाडौँ। करिब दुई वर्षपछि अभिनेत्री बर्षा राउत चलचित्रको सेटमा देखा परेकी छिन्। उनी चलचित्र ‘लाखे’को सेटमादेखिएकी हुन्। पुसको अन्त्यबाट छायांकन सुरु भएको चलचित्रको छायाङ्कनमा उनी मंगलबार जोडिएकी हुन्।

करिब आधा दर्जन बढी चर्चित कलकारको अभिनय रहेको चलचित्र ‘लाखे’मा उनी मुख्य भूमिकामा देखिनेछिन्। 

कोरोनाको पहिलो भेरियन्ट अघि उनले चलचित्र ‘दुई नम्बरी’ अभिनय गरेकी थिइन्। त्यसपछि उनले यो चलचित्रमा अभिनय गर्न लागेकी हुन्। चलचित्र ‘दुई नम्बरी’ भने आधाजति सकिएर रोकिएको छ। छायाङ्कनकै क्रममा लकडाउनले चलचित्रको काम रोकिएको हो। चलचित्र ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको हो। जसमा बर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, रोहित रुम्बा आदि कलाकारहरुको अभिनय रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×