विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध जिम्बाब्वेको रोमाञ्चक जित

काठमाडौँ - अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध जिम्बाब्वे एक रनले विजयी भएको छ। जारी विश्वकपमा जिम्बाब्वेको यो पहिलो जित हो। अघिल्लो खेलमा उसले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो। पाकिस्तानको भने यो लगातार दोस्रो हार हो।

अघिल्लो खेलमा ऊ भारतसँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा जिम्बाब्वेले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनायो।

उसका लागि शन मसूदले ३८ बलमा तीन चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाएका थिए। त्यस्तै, मोहम्मद नवाजले २२ शादब खानले १७, मोहम्मद रिजवानले १७ र मोहम्मद वसिमले अविजित १२ रन जोडेका थिए।

जिम्बाब्वेका लागि सिकन्दर राजाले ४ ओभरमा २५ रन सर्वाधिक ३ विकेट लिए। त्यस्तै, ब्राड इभन्सले दुई, ब्लेसिङ मुजरबानी, ल्यूक जोंग्वेले १/१ विकेट हात पारेका थिए।

त्यसअघि पर्थस्टेडियममा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। उसका लागि सेन विलियम्सले ३१, क्रेग एर्विन, ब्राड इभन्सले १९/१९, वेस्ली मधेभरेले १७ र रयान बर्लले अविजित १० रन बनाएका थिए।

पाकिस्तानका लागि मोहम्मद वसिमले चार, शादब खानले ३ र हरिस रौफले १ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×