हिरासतबाट निस्केपछि अपूर्वको स्टाटस: भन्नुपर्ने कुरा धेरै छन्, तर अहिले समय ठिक छैन

काठमाडौँ - नेवार जातिविरुद्ध अपमानजनक कमेडी गरेको आरोप लागेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहले हिरासतबाट निस्केपछि मुख खोलेका छन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिएका छन्। आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको जानकारी दिँदै अपूर्वले आफूले भन्नुपर्ने कुरा धेरै भए पनि अहिले भन्न नसक्ने उल्लेख गरेका छन्।

उनी लेख्छन्, ‘तपाईँहरूले जे देख्नुभयो, त्यो १० प्रतिशत मात्र हो। तर, अहिले बोल्न ठिक समय छैन। एक दिन अवश्य बोल्नेछु।’ आफू विरुद्ध लगाइएका ५ मुद्दा अहिले पनि पेन्डिङ रहेको उनको भनाइ छ।

‘एउटा विनम्र अनुरोध गर्न चाहन्छु, जब तपाईँहरूले मलाई भेट्नुहुन्छ, कृपया सामान्य व्यवहार गर्नुहोला,’ उनले लेखेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×