काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले पनि कक्षा १२ उत्तिर्ण गरेकी छिन्। अभिनेत्रीले २.४१ जीपीए सहित परीक्षा उत्तिर्ण गरेकी हुन्। उनले कक्षा १२ को परीक्षा गोदावरीस्थित किटिनी माविबाट दिएकी थिइन्। साथै उनले आगामी पढाइलाई निरन्तरता दिने पनि बताएकी छिन्।