सवारी दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी - शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवामा कठौनाबाट पातोतर्फ जाँदै गरेको प्र.१–०५००१ प १३१६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार सरदारको गएराति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको युनिक अस्पताल राजबिराज सप्तरी हुँदै गोल्डेन अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×