काठमाडौँ – नेपाली लोक गायिका रमिला न्यौपानेले सर्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड हात पारेकी छिन्। नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड कार्यक्रममा उनले उक्त अवार्ड प्प्त गरेकी हुन्। उनलाई यस अवार्ड ‘पीर नभको को छ र’ बोलको गीतका लागि प्रदान गरिएको हो। यस गीत गायिका न्यौपानेले गायक पशुपति शर्मासँग मिलेर गाएकी थिइन् भने उक्त गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ।
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो।