‘सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

काठमाडौँ - शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आउँदो वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको हो।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ। एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ। यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए।

एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो। तर मिति भने तय हुन सकेको छैन। एन्फाले गएको कात्तिक २१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ। ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×