आहा रारा गोल्डकप ; फाइनलमा एपीएफ र मनाङ मर्स्याङदी क्लब भिड्दै

काठमाडौँ। पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्।

आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने सोचमा हुनेछ। प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६ पटक उपाधि जितेका छन्। 

अर्कोतर्फ एपीएफ पहिलो पटक उपाधि जित्ने होडमा छ। सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×