विश्वकपमा मोरक्कोसँग हारेपछि बेल्जियममा दङ्गा

काठमाडौँ - कतार विश्वकपमा मोरक्कोसँग पराजित भएपछि बेल्जियममा दंगा फैलिएको छ। आइतबार राति सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २-० ले हराएको थियो। पहिलो खेलमा क्यानडालाई १-० ले हराएको बेल्जियम दोस्रो खेलमा भने मोरक्कोसँग पराजित भएको हो।

यससँगै बेल्जियमको राजधानी ब्रसेल्सका धेरै ठाउँमा फुटबल फ्यानहरू आक्रोशित भएका छन्। केही समयपछि दंगाको रूप लियो। दर्जनौँ आन्दोलनकारीले सार्वजनिक सवारीसाधनमा आगजनी गरेका छन्। इँटा ढुङ्गा प्रहार गरेका छन्। आइतबार बेल्जियम प्रहरीले १ दर्जन व्यक्तिलाई हिरासतमा लिएको छ।

प्रहरीले दंगा नियन्त्रण गर्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो। ब्रसेल्सका मेयर फिलिप क्लोसले फुटबल फ्यानहरूलाई राजधानीबाट टाढा रहन आग्रह गरेका छन्। अधिकारीहरूले सडकमा सुव्यवस्था कायम राख्न सक्दो प्रयास गरिरहेको बताएका छन्। प्रहरीको आदेशमा मेट्रो र ट्राम पनि अवरुद्ध भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×