काठमाडौँ - हरर थ्रिलर फिल्म 'चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ' को अफिसियल टिजर सार्वजनिक भएको छ।
ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेकाे देख्न सकिन्छ। टिजरमा कलाकारको कुनै संवाद राखिएको छैन।
एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मले नेपालमा हरर थ्रिलर फिल्मको ट्रेन्ड स्थापित गर्ने निर्माता चक्रवर्तीको विश्वास रहेको छ।
यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्ममा चक्रवर्तीसँगै रिञ्जु केसीको लगानी रहेको छ। सुशन प्रजापतिले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन्।