सलमान खानको परिवारमा दोस्रो डिभोर्स !

काठमाडाैँ - बलिउड अभिनेता सलमान खानको परिवारबाट एउटा नरमाइलो खबर सार्वजनिक भएको छ। मलाईका अरोडा तथा अरबाज खानपछि अब खान परिवारमा दोस्रो डिभोर्स हुने भएको छ।

 समाचारमा जनाइए अनुसार सोहल खान तथा सीमा सचदेव खानले आफ्नो २४ वर्ष लामो वैवाहिक जीवन टुंग्याउने निर्णय गरेका छन्। लामो समयदेखि उनीहरुबीच डिभोर्सको चर्चा चलिरहेको थियो। 

सीमा सचदेव खान स्थापित फेसन डिजाइनर हुन्। सोहेल तथा सीमाको विवाह सन् १९९८ मा भएको थियो। सीमा तथा सोहेलका दुई छोराहरु छन्।

मलाईका तथा अरबाज सन् १९९८ मा विवाह वन्धनमा बाँधिएका थिए। दुबैको जीवन निकै सुन्दर तरिकाले बितिरहेको थियो, दुबैका एक छोरा पनि छन्, जसको नाम उनीहरुले अरहान खान राखे, जो अहिले अध्ययनका लागि पश्चिमा मुलुकमा छन्। विवाह गरेको १९ वर्षपछि उनीहरुले सन् २०१७ मा छुट्टिने घोषणा गर्दा अधिकांशले यो खबर पत्याउनै सकेका थिएनन्।

खान परिवारका निकटका एक व्यक्तिका अनुसार सीमा र सोहेल लामो समयदेखि अलग–अलग बसिरहेका थिए। त्यसैले उनीहरुले अहिले आएर औपचारिक रुपमै छुट्टिने निर्णय गरेका हुन्। उनीहरुले आपसी सहमतिमै डिभोर्स गर्न लागेको बताइन्छ।

सोहेल र सीमाको डिभोर्सको खबरप्रति सलमान खानको परिवारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, एउटै परिवारका दुई सदस्यको डिभोर्स हुनुले विभिन्न प्रश्नहरु जन्माएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×