चलचित्र ‘प्रेमगन्ज’को ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक

काठमाडौँ - प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’को ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन्। गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ। भदौ ३ लाई प्रदर्शन मिति तोकेको ‘प्रेमगन्ज’लाई परिच्छेद सेनले निर्देशन गरेका छन्।

प्रेमकथामा बनेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काको मुख्य भूमिका रहेको छ। चलचित्रले २ कालखण्डको प्रेमकथालाई पेश गर्छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×