काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्रीलाई कुलपतिका रूपमा रहने विद्यमान व्यवस्थालाई हटाउन सरकार गम्भीर रूपमा लागेको बताएका छन्।
बुधबार सम्पन्न त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ मन्त्री पुनले आफूले ‘न्वारानदेखिको बल’ लगाएर यो परिवर्तनका लागि पहल गरिरहेको बताउँदै, प्रधानमन्त्री कुलपति नहुने गरी नयाँ कानुनी व्यवस्था तयार गर्ने तयारी भइरहेको स्पष्ट पारे।
सहकुलपति समेत रहेका मन्त्री पुनका अनुसार कानुनी संशोधन वा आवश्यक परे अध्यादेशमार्फत भए पनि वर्तमान सरकारका पालामा यो संरचनात्मक परिवर्तन अघि बढाउने तयारी छ। उनले सो व्यवस्थालाई निरूपण गर्ने विषयमा कानुनविद्हरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए।
उन्होंने प्रधानमन्त्री सुशीला कार्की स्वयं पनि विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने प्रचलन अन्त्य गर्न सकारात्मक रहेको बताए।
मन्त्री पुनले विश्वविद्यालयहरूको स्वायत्तता, निर्णय प्रक्रियामा सहजता र शैक्षिक संस्थाको प्रभावकारी सञ्चालनका लागि यो कदम अनिवार्य भएको बताउँदै छिट्टै ठोस प्रगति हुने विश्वास प्रकट गरे|
.png)
.png)
.png)
.png)
.png)
.png)
.png)
.png)
