संसद विघटन प्रतिगमन नरहेको भन्दै ओलीले फेरी गरे विघटनको प्रतिरक्षा

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन्। निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो। प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर। बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए। संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो। त्यति धेरै जान्ने पनि नहोउँ कि। मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ। प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन।’ 

उनले संसदबाट सरकार बन्नु र  ढल्नु प्रतिगमन नभएको जिकिर गरे। उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ। अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×