महिला युरोकपको उपाधि इंग्ल्यान्डलाई

काठमाडौँ - आयोजक इंग्ल्याण्डले सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीलाई २-१ ले पराजित गर्दै पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ।

आइतबार राती वेम्लीमा भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा पराजित गरेको हो। कीर्तिमानी ८७ हजार १९२ उपस्थित दर्शकसामु वैकल्पिक खेलाडी छलोए केलीले अतिरिक्त समयमा निर्णायक गोल गरेकी थिइन्।

रोमाञ्चक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। इला टोनीले ६२ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन्। लिना मागुलले ७९ औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएकी थिइन्।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। जसमा केली नायक बन्दै ११०औं मिनेटमा गोल गरेपछि इंग्ल्याण्डल पहिलो पटक च्याम्पियन बनेको हो।

इंग्ल्याण्ड महिला युरोकप जित्ने पाँचौ राष्ट्र समेत बनेको छ। यसअघि सन् २००९ मा पछिल्लो पटक फाइनल खेलेको इंग्लयाण्ड जर्मनीसँग नै पराजित भएको थियो। जर्मनीले सर्वाधिक ८ पटक उपाधि जित्दा नर्वेले २ तथा स्वीडेन र नेदरल्याण्ड्सले १-१ पटक उपाधि जितेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×