'केजिएफ'पछि आउँदैछन् प्रशान्तका यी फिल्म

काठमाडौँ - 'केजिएफ' र 'केजिएफ च्याप्टर २' जस्ता सफल फिल्मका लेखक तथा निर्देशक प्रशान्त नीलका दुई फिल्म निर्माणको क्रममा छन्। प्रभास अभिनित 'सलार' र जुनीयर एनटिआरको 'एनटिआर ३१' प्रशान्तका बिग बजेट फिल्म हुन्। 

२ सय करोड बजेट रहेको फिल्म 'सलार' छायांकनको अन्तिम चरणमा रहेको छ। प्रशान्तकै लेखन तथा निर्देशन रहेको फिल्ममा प्रभास बाहेक पृथ्वीराज सुकुमारन, श्रुती हसन, गजपथी बाबु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जसको निर्माण विजय किरगन्धुरले गर्दैछन्। 'केजिएफ' पनि उनले नै निर्माण गरेका हुन्। 

 फिल्म २०२३ मा प्रदर्शनको तयारीमा निर्माण टोली रहेको छ। फिल्म कन्नड, तेलुगु, मलयालम, तामिल र हिन्दी गरी पाँच भाषामा प्रदर्शन हुनेछ। 

त्यस्तै जुनीयर एनटिआरलाई लिएर प्रशान्त 'एनटिआर ३१' निर्माणको तयारीमा छन्। एनटिआरको जन्मदिनको अवसर पारेर घोषणा गरिएको फिल्म पनि एक्सन जनरामा बन्ने भएकाे छ। अनुमानित बजेट २ सय करोड बताइएको फिल्म 'सलार'को छायांकन पछि फ्लोरमा जाने बताइएकाे छ।

'सलार' र 'एनटिआर ३१' पछि प्रशान्त 'केजिएफ च्याप्टर ३' को तयारीमा लाग्ने बताएका छन्। केजिएफ सिरिजले भारतका सबैभन्दा सफल लेखक तथा फिल्म निर्देशकको रुपमा स्थापित भएका प्रशान्त २०२५ सम्ममा तीन वटा फिल्म प्रदर्शन गर्ने तयारीमा छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×