भारतबाट जुत्ताभित्र लुकाएर ल्याएको सुन सहित एक नेपाली पक्राउ

काठमाडौँ - भारतबाट जुत्ताभित्र सुन लुकाएर ल्याउने एक नेपालीलाई काँकडभिट्टा प्रहरीले पक्रेको छ। कैलाली जानकी गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन्द्र जैसी हिजो सुनसहित समातिएका हुन्।

झापा दमक नगरपालिका-२ बस्ने जैसीले अवैध रुपमा लुकाई ल्याएको ३४९ ग्राम ७ सय मिलिग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा पैदल हिँडिरहेका उनलाई काँकरभिट्टा प्रहरीले जाँच गर्नेक्रममा सुन फेला परेपछि समातेको हो। जैसीलाई मेची भन्सार कार्यालय झापामा बुझाइएको प्रहरीले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×