भारत। बलिउड अभिनेत्री आलिया भट्ट मंगलबारबाट २८ वर्षकी भएकी छिन्। आलियाको अभिनय यात्राको कुरा गर्दा उनी पहिलो पटक सन् १९९९ मा आएको चलचित्र ‘संघर्ष’मा बाल कलाकारको रुपमा देखिएकी थिइन्। अहिलेसम्म उनले १५ चलचित्रमा मुख्य भूमिका निभाएकी छिन्, जसमध्ये १० चलचित्र सफल र दुईवटा फ्लप भएका छन्।
१८ वर्षको उमेरमा ‘स्टुडेन्ट अफ दी इयर’बाट उनी मुख्य भूमिकामा देखिन थालेकी हुन्। उनको जन्मदिनको उपलक्ष्यमा उनको आउँदो चलचित्र ‘ब्रम्हास्त्र’को पहिलो झलक सहितको पोस्टर सार्वजनिक गरिएको छ।
फक्स स्टार स्टुडियोले निर्माण गरेको यो चलचित्रमा आयन मुखर्जीको निर्देशन रहेको छ। चलचित्र सन् २०२२ सेप्टेम्बर ९बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।