श्रीलंकाले पाकिस्तानलाई हरायो, दुबै देश आइतबार फाइनलमा भिड्दै

काठमाडौँ - एसिया कप टी-२० क्रिकेटको शीर्ष चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ।

१ खेल अगावै फाइनल पुगिसकेका दुवै टिमका लागि प्रतिष्ठाको रूपमा मात्र रहेको समूहचरणमा पाकिस्तानविरुद्ध श्रीलंका राम्रो लयमा देखिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९.३ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएको थियो।

पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ३० रन बनाउँदा मोहम्मद नवाजले २५ तथा मोहम्मद रिजवानले १४ रन बनाएका थिए। त्यस्तै, फखर जमान र इफ्तिखर अहमेदले १३-१३ रन बनाउँदा पछिल्लो क्रम भने सम्हालिन असफल रह्यो। श्रीलंकाका लागि वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिएका थिए। त्यस्तै, महेश थिसकशाना र प्रमोद मधुसनले समान २/२ विकेट लिएका थिए।

१ सय २२ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकाले ओपनर पथुम निसांकाको ५५ रनको नटआउट इनिङमा ५ विकेट गुमाएर १८ बल बाँकी हुँदै लक्ष्य भेटाएको थियो।

उसका लागि भानुका राजापाक्षे २४ तथा कप्तान दशुन सनाकाले २१ रन बनाएका थिए। अब यी दुईबीच भोलि (आइतबार) प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×