भारत। बाहुबली निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित चलचित्र 'आरआरआर'को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा जूनियर एनटीआर, रामचरण,अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन्। चलचित्र दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमको कथामा आधारित रहेको छ। ३.१६ मिनेटको ट्रेलर 'पेन मुभिज'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र ७ जनवरी २०२२बाट प्रदर्शनमा आउनेछ। खबरका अनुसार चलचित्रले प्रदर्शनमा आउनु अघि नै करिब ९०० करोड भारतीय रुपैँयाको कमाइ गरिसकेको छ।
ट्रेलर: