काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।
नेपाल अहिले ३५ ओभरको जारी खेलमा ६ विकेटको क्षतिमा १२० रनमा खेलिरहेको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको हाे ।