सुनिलको दुई गोलमा भारतको सहज जित

काठमाडौँ - सुनील क्षेत्रीको दुई गोलमा भारतले बुधबार राति एएफसी एसियन कप छनोटमा कम्बोडियालाई २-० ले हराएको छ। यससँगै सुनीलको अन्तर्राष्ट्रिय गोल संख्या ८२ पुगेको छ। 

कोलकातामा सम्पन्न खेलमा कप्तान सुनीलले १४औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। ३७ वर्षे सुनीलले ६०औं मिनेटमा दोस्रो गोल थपेपछि भारतले तीन अंक पक्का गरेको हो। अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्नेमा सुनील छैटौं स्थानमा छन्। हाल फुटबल खेलिरहेका मध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी सुनीलभन्दा अगाडि छन्। रोनाल्डोले ११७ गोल गरेका छन् भने मेस्सीले ८६ गोल गरेका छन्। 

जितसँगै भारतले छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। तीन अंक जोडेको भारत समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×