एसिया कप: सुपर फोरमा अफगानिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ - एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरको खेल सुरु हुँदैछ। युएईमा जारी प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजेबाट अफगानिस्तान श्रीलंकाबीच पहिलो खेल हुनेछ।

समूह चरणमा अफगानिस्तान अपराजित रहँदै सुपर फोरमा पुग्दा श्रीलंका त्यही अफगानिस्तानसँग पराजित भएको थियो। सुपर फोरमा भारत र पाकिस्तान पनि पुगेका छन्। समूह चरणबाट बंगलादेश र हङकङ बाहिरिएका छन्।

सुपर फोरमा एकले अर्को टिमसँग खेल्ने छन्। शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अफगानिस्तान समूह चरणकै नतिजा आत्मसाथ गर्ने पक्षमा रहँदा श्रीलंका पनि पराजयको बदला लिएर अघि बढ्ने योजनामा रहने छ।

समूह चरणमा श्रीलंकालाई १०५ रनमा समेटेको अफगानिस्तानले जवाफमा १०.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×