जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गर्ने घोषणा गरेको छ ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।
एमालेले महिलातर्फका उम्मेदबार बिना देवी साहलाई उम्मेदवार बनाएको छ । लोसपाले घने अन्य तर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन ।
१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ। निर्वाचनमा मधेश प्रदेशबाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।