गुजरातलाई पराजित गर्दै बैंगलुरु सातौं स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पछिल्ला खेलमा लगातार जित निकालेपछि रोयल च्यालेन्जर्स बेंग्लुरुको प्लेअफ सम्भावना कायमै रहेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बेंग्लुरु (आरसीबी) तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

अब बाँकी तीन खेल नै जित निकाल्न सके प्लेअफमा पुग्ने टिमकाबीचमा रस्साकस्सी हुने पक्का देखिएको छ । शनिबार रातिको खेलमा आरसीबीका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । उनको यो निर्णयलाई बलरहरुले पावर प्लेमा नै सही साबित गरेका थिए । खराब सुरुवातपछि गुजरातले आरसीबीलाई १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य आरसीबीले ४ विकेट गुमाएर १३.४ ओभरमा पूरा गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×