‘सी’ डिभिजन लिग : आरसी ३२ को सहज जित

काठमाडौँ -  आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा ओसिस क्लबलाई पराजित गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आरसी ३२ ले ओसिसलाई ४–० गोल अन्तरले पराजित गरेको हो। 

खेलको ६३औं मिनेटमा विवेक सन्तोषीले गरेको गोलबाट आरसी ३२ ले अग्रता बनाएको थियो। ८६औं मिनेटमा प्रविन राईले आरसी ३२ को अग्रता दोब्बर पारे। यस्तै, इन्जुरी समयमा अनिस पुलामी मगर र आशिष लावतीले गोल गरेपछि आरसी ३२ ले ४–० को सहज जित निश्चित गरेको हो।

जितसँगै ५ खेलबाट १५ अंक जोडेको आरसी ३२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओसिस भने अंकबिहिन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×