प्रिमियर लिगः लिड्ससँग लिभरपुलको हार

काठमाडौँ - लिभरपुलले प्रिमियर लिग फुटबलमा हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको  हो।

लिभरपुलको घरेलु मैदानमा खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई अग्रता दिलाए। खेलको १४ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए।

खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाएका थिए। जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेर १५ औं स्थानमा रहेको छ। पराजित लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×