किरण चेमजोङले मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन्।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन्।

किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो। लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेको थियो।

किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका थिए। त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन्।

चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए। सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×