काठमाडौँ - गुरुपूर्णिमाको अवसर पारेर ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ गीत सार्वजनिक भएको छ।
अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने जीवनका मार्गदर्शक गुरुहरुमा समर्पित गर्दै भक्तपुर कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेको हो।
बालबालिका र शिक्षकहरुलाई दृश्यांकन गरिएको गीतको भिडियोलाई विक्रम बस्नेतले सम्पादन गरेका हुन्। गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्दे जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणालीतर्फ उन्मुख हुन प्रेरित गर्ने भाव बोकेको छ।