नेइमारमाथि लागेको ठगि र अनियमितताको आरोप खारेज

काठमाडौँ - नेइमारमाथि लागेको ठगि र अनियमितताको आरोप खारेज भएको छ। सन २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना आउदा नेइमारमाथि अनियमितता गरेको आरोप लागेको थियो। सो आरोप स्पेनिस अदालतले शुक्रबार फिर्ता लिएको छ।

२०१७ मा नेइमारलाई बार्सिलोनाले सान्तोषबाट १७.१ मिलियन युरोमा किनेको थियो। सो समय नेइमारको ४० प्रतिशत अधिकार रहेको ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआइएसले ६.८ मिलियन युरो पाएको थियो। तर फर्मले त्यति बेला नेइमारको मुल्य अनुसार सो रकम निकै कम भएको र कुनै अनैतिक सम्झौता भएको भन्दै अदालत गएको थियो।

डीआइएसले अदालतमा बहसको क्रममा २०११ मै बार्सिलोनाले नेइमारका लागि ४० मिलियन युरो दिन तयार भएको अवस्थामा २०१३ मा १७ मिलियनमा कसरी सम्झौता भयो भन्ने प्रश्न उठाएको थियो। डीआइएसले यस ट्रान्सफर प्रकरणमा धोकाधडी र अनियमितता भएको भन्दै नेइमारलाई ५ बर्षको जेल सजाय र १४९ मिलियन युरो क्षतिपुर्तिको माग गरेको थियो।

बहसपछि अदालतले कुनै अपराध भएको नपाइएको भन्दै नेइमार निर्दोष रहेको फैसला सुनाएका छन्। अब नेइमार यस प्रकरणबाट मुक्त भएका छन्।
    

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×