काठमाडौँ - प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई हराएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो।
फुलहमको घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिसियन एरिक्सन र एलेजान्ड्रले गर्नाचोले १-१ गोल गरेका थिए। खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई सुरुिाती अग्रता दिलायाका थिए। फुलहमका लागि खेलको ६१ औं मिनेटमा डानिल जेम्सले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। खेलको इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाएकाथिए।
जितसँगै युनाइटेडले १४ खेलमा २४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ। पराजित फुलहम १९ अंक जोडेर नवौं स्थानमा रहेको छ।