‘थाहा छैन’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ।  माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित  ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ। यस गीतमा अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको शब्द रहेको छ।  गीतमा गायक सोताङकै सङ्गीत रहेको छ। गीतलाई  कृष्ण लिम्बूले सङ्गीत संयोजन गरेका हुन्। 

म्युजिक भिडियोमा मुकुन भुसाल र बिमला लिम्बूको अभिनय हेर्न सकिन्छ। ‘थाहा छैन फेरि कहिले हाम्रो भेट हुने हो कि नहुने हो ?’, ‘तर  हरेक सपनीमा सधैँसधैँ तिमीलाई भेटिरहन्छु’, ‘थाहा छैन फेरि फर्की तिमी आउने हो कि नआउने हो ?’, ‘तर हरेक पल तिम्रो बाटो हेरी पर्खेर बिताइरहन्छु’ लगायत बोलका गीत यस म्युजिक भिडियोमा समावेश गरिएको छ।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। सुमन योञ्जन निर्माता रहेको भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो। देविथान म्युजिकको युट्युब च्यानलमार्फत भिडियो दर्शक श्रोतामाझ सार्वजनिक भएको हो। भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण समूहले सबैसँग आग्रह गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×