आयोगको नियमित पत्रकार भेटघाट स्थगित

काठमाडौँ - स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×