टोखा–११ को प्रशासनिक भवन उद्घाटन

काठमाडौँ - टोखा नगरपालिका वडा नं ११ को प्रशासनिक भवन उद्घाटन गरिएको छ।

नगरपालिकाको रु. चार करोड लागतमा निर्माण गरिएको उक्त भवनको मङ्लबार नगर प्रमुख प्रकाश अधिकारी र वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाले भाडामा सञ्चालन गरेका प्रशासनिक भवनलाई क्रमशः नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरिरहेको बताए। नगरपालिकाले चालू आर्थिक वर्षमा वडा नं २, ६, ९ र ११ को प्रशासनिक भवन निर्माण गरेको छ। कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा वडा नं ११ को प्रशासनिक भवन निर्माण, सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण, सामुदायिक शौचालय निर्माण, कृष्ण मन्दिर, गोरखकाली मन्दिर, महादेव मन्दिर, मनोहर तीर्थ स्थल निर्माणलगायत काम गरिरहेको बताए। यस्तै, ओम प्लाजाबाट गैरीगाउँ जाने बाटो कालोपत्र, आफन्त टोल इलाका सडक कालोपत्र, शान्ति मिलन मार्ग कालोपत्र, सिआरएस निर्मल बाटिका मार्ग कालोपत्र, सुन्दर टोल बाटो स्तरोन्नति तथा ढलान, सुन्दर टोल बाटो ढलान, मिलिजुली टोल ढलान, महादेवटार हाइट मुल सडकबाट पश्चिमतर्फको बाटो खोल्नेलगायतका काम गरेको उनले उल्लेख गरे।

यसैगरी, मनोहर तीर्थ स्थल अगाडि मेसिनरी वाल निर्माण, गोरखकाली मन्दिर अगाडी पर्खाल निर्माण, उज्यालो वडाअन्तर्गत विद्युतीय सडक बत्ती जडान, खरिबोटबाट मैजुहिटी धाराको ढल निर्माण, निर्मल बाटिकामा ढल राख्ने काम, बैकुण्ठपुरी, शितलनगर टोल, आफन्त टोललगायत स्थानमा खानेपानीको पाइप लाइन विस्तार गर्ने कामसमेत सम्पन्न गरिएको वडाअध्यक्ष अधिकारीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×