‘यलम्बर र रेडपान्डा’को प्रतिमा अनावरण

काठमाडौँ - झापाको माईजोगमाई गाउँपालिकामा रेडपान्डा र किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ।  

गाउँपालिकाको केन्द्र मानिएको नयाँ बजारमा एक कार्यक्रमबीच रेडपान्डा र यलम्बरको प्रतिमाको अनावरण गरिएको हो। रेडपाण्डा विश्वमै लोपउन्मुख सूचीमा छ। किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ। रेडपाण्डा सोही गाउँपालिकाका विभिन्न क्षेत्रमा पाइन्छ। लजालु स्वभावको रेडपान्डाको बासस्थान सोही गाउँपालिकाका जङ्गलमा भएकाले पनि सो स्थानमा रेडपान्डाको चिनारी देखाउन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए। माईजोगमाई गाउँपालिकाको चिनारीका रुपमा रहेको रेडपान्डा बजारको चोकमा राखिएको उनले बताए। यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ गाउँपालिका अध्यक्ष राइले अनावरण गरेका हुन्।

प्रतिमा अनावरण गर्दै अध्यक्ष राईले यी दुई चिनारीले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×