अक्षयले गरे ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक

भारत। बलिउड अभिनेता अक्षय कुमारको आउँदो चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक भएको छ। चलचित्र मार्चमा प्रदर्शनमा आउने  तयारीमा रहेको छ।

अभिनेता अक्षयले सामाजिक सञ्जालमार्टफत पोस्टर सार्वजनिक गरेका हुन्। उनले चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा सार्वजनिक गरिने समेत बताएका छन्। पोस्टरमा उनी ग्याङस्टरको भूमिकामा देखिएका छन्।

तस्वीरसँगै उनले लेखेका छन्, ‘तपाईं मलाई गुण्डा भन्न सक्नुहुन्न, म गडफादर हुँ। बच्चन पाण्डे तपाईंलाई डराउन, हँसाउन र रुवाउनका लागि तयार छ। कृपया यसलाई पूरै माया दिनुस्। १८ फेब्रुअरीमा चलचित्रको ट्रेलर रिलिज हुनेछ।’

चलचित्र एक ग्याङस्टर बच्चन पाण्डेको कथामा आधारित रहेको छ। चलचित्रमा अभिनेत्री कृति सेननले एक पत्रकारको भूमिकामा निभाएकी छिन्, जसलाई चलचित्र निर्देशन गर्ने इच्छा छ। चलचित्रमा अरशद वारसी, पंकज त्रिपाठी, प्रतीक बब्बर आदि कलाकार पनि रहेका छन्।

चलचित्रको निर्देशन फरहाद सामजीले गरेका हुन् भने निश्चय कुट्टान्डाले लेखेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×