इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन गरे सम्झौता नवीकरण

काठमाडौँ - इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन इन्जागीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। इन्टरले उनीसँगको सम्झौता दुई वर्षका लागि थप गरेको हो। नयाँ सम्झौताअनुसार इन्जागीले सन् २०२४ को जुनसम्म क्लबको प्रशिक्षण सम्हाल्नेछन्।

इन्जागी सन् २०२१ मा एन्टोनियो कोन्टेको स्थानमा इन्टर आएका थिए। क्लबले बुधबार प्रशिक्षकको सम्झौता नवीकरण गरेको जनाएको हो। 

उनको नेतृत्वमा इन्टर इटालियन सिरी ‘ए’ मा उपविजेता बने पनि क्लबले सुपरकोपा इटालियना र कोपा इटालियाको उपाधि जितेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×