काठमाडौँ - निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेरा’ को डविङ थालिएको छ। शुक्रबार अभिनेता विपिन कार्कीले डविङ गर्दै फिल्मको पोष्ट-प्रोडक्सनको कामको थालनी गरेका छन्।
निर्देशक खनालले आफ्नो सोच अनुसार फिल्मका कलाकारले आफूलाई साथ दिएकाले ‘के घर के डेरा’ राम्रो बन्ने कुरामा विश्वस्त रहेको बताएका छन्।कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भैरहेको छ।
युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन्। सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने आदि कलाकारको अभिनय रहेको छ।